बुटवलमा तेस्रो खुल्ला लन टेनिस सुरु , पुर्व मन्त्री वि.क भन्छन – खेल क्षेत्रको विकासले फड्को मार्दै गएको छ

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


                                        टेनिस खेलको विकासमा योगदान पुर्याउने योग गुरुङकेशव थापालाई सम्मान 

बुटवल –  बुटवलमा आजदेखि खुुल्ला लन टेनिस प्रगियोगिता सुरु भएको छ । विभिन्न ८ विधाहरुमा खेल सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै पूर्व मन्त्री छविलाल विश्वकर्माले रुपन्देहीमा खेल क्षेत्रको विकासले फड्को मार्दै गएकोमा खुशी व्यक्त गरे । बुटवल–११ देविनगरमा अवस्थित फिफा टेक्निकल सेन्टरसँग जोडिएको टेनिस हलमा थप ग्राउण्डको आवश्यकता रहेको बताउँदै उनले अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजनाका लागि संरचना तयार गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा बोल्दै नेपाल लन टेनिस महासंघकी केन्द्रिय अध्यक्ष ज्योती राणाले बुटवलमा निकट भविष्यमै अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सक्ने गरी संरचना तयार हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बोल्दै बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले यस क्षेत्रको खेलकूद विकासका लागि आवश्यक जग्गा उपलब्ध गराउन तयार रहेको बताए । बुटवल उपमहानगर पालिकाले खेकूद क्षेत्रको विकासका लागि आवश्यक संरचना निर्माण तथा जग्गा उपलब्ध गराउनका लागि सकारात्मक रहेको उनले बताए ।

विगत लामो समयदेखि राष्ट्रिय स्तरका लन टेनीस प्रतियोगिता गर्दै आएको रुपन्देही लन टेनिसले खेलाडी उत्पादन आपसी भाईचाराका साथै पर्यटन बिकासमा समेत जोड दिने उद्देश्यकले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले बताए । पुरुष एकल, महिला एकल, पुरुष ३५ वर्ष माथि, पुरुष ४५ वर्ष माथि, पुरुष ५५ वर्ष माथि र डबल तर्फ पुरुष डबल, पुरुष ३५ माथि र पुरुष ४५ माथिका खेल हुुनेछ । बिजेता खेलाडीहरुलाई एकल पुरुषतर्फ प्रथम पुरस्कार ५५ हजार, द्वितीय २५ हजार र तृतीय १० हजार सहीत कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला एकल तर्फ प्रथम पुरस्कार ३० हजार द्धितीय १५ हजार तृतीय १० हजार सहित कप मेडल र प्रमाणपत्र, पुरुष ३५ माथिका लागी प्रथम पुस्कार ३० हजार द्धितीय १५ हजार, तृतीय १० हजार कप मेडल र प्रमाणपत्र, पुरुष ४५ माथिका लागी प्रथम पुरस्कार २५ हजार र द्वितीयलाई १५ हजार सहित कप, मेडल र प्रमाणपत्र, पुुरुष डबलमा प्रथम पुरस्कार २० हजार द्वितीय १० हजार सहीत कप मेडल र प्रमाणपत्र, पुरुष ३५ माथिका लागि प्रथम पुरस्कार २० हजार र द्वितीय १० नगद हजार कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता आगामी फागुन ९ गतेसम्म सञ्चालन हुने छ ।

पुरुष ४५ माथिका लागी प्रथम पुरस्कार २० हजार र द्वितीयका लागि १० हजार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ । यसरी पुरस्कार सहित नगद १७ लाख प्रतियोगिता सञ्चालनका लागि खर्च लाग्ने सचिव गोपाल ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा बिभागिय टोली नेपाली सेना, सशस्त्र प्रहरीसहित १ सय बढी खेलाडीको सहभागिता रहने ज्ञवालीले जानकारी दिए ।

लुम्बिनीको प्रचार गर्दै पर्यटन बिकासमा टेवा पुर्याउने उद्देश्य रहेको समेत लन टेनीसका केन्द्रीय सदस्य अशोक गुरुङ्गले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्नका लागि बुटवल उपमहानगरपालीकाले १ लाख हरेक वर्ष उपलब्ध गराए पनि बाँकी रकम भने निजी क्षेत्रको सहयोगबाट सञ्चालन गरिने रुपन्देही लन टेनिसले जानकारी गराएको छ । प्रतियोगिता उद्घाटन समारोहको अवसरमा टेनिस खेलको विकासमा योगदान पुर्याउने योग गुरुङकेशव थापालाई सम्मान आयोजकले सम्मान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने
  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली