कुवेतको ढिस्को दुर्घटनाका नेपाली मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुताबासको अनुरोध

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हरि कृष्ण न्यौपाने/कुवेत- कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा गत फेब्रुअरी १२ बुधबार,२०२० का दिन ज्यान गुमाएका ६ जना नेपाली कामदारहरुको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुताबास कुवेतले अनुरोध गरेको छ। नेपाली राजदुतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले भने “गत फेब्रुअरी १२ तारिक चिनियाँ कम्पनी(CGGC)ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेर मृत्यू भएका ६ जना नेपाली कामदारहरु मध्ये ४ जनाको परिवारहरु अझै नेपाली राजदुताबासको सम्पर्कमा नआएकाले मृतकहरुको शब पठाउने लगाएत अन्य कानुनी प्रकृया अगाडी बढाउन सकिएको छैन

“उनले थपे “तपाइहरुको संचार माध्यमबाटै मृतकहरुको परिवार तथा आफन्तहरुलाई नेपाली राजदुताबास कुवेतको सम्पर्कमा आउन आग्रह गर्दछु। कुवेतको मुत्ला दुर्घटनामा ज्यान गुमाउनेहरुको बिबरण निम्न अनुसार रहेको छ।

१)एक बहादुर गाहा -बर्ष-३०,राहदानी नं-०८३४६२७६, धैरेनी-१,चिडीपानी-पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-अनिता गाहा-मृतकको नाता-श्रीमति)

२)गंगा राम चौधरी -बर्ष-४०,राहदानी नं-०६९४९९६८, दोधाना-७,सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-पन्नाई चौधरी -मृतकको नाता-बुबा)

३)राजु रोका मगर -बर्ष-२४,राहदानी नं-१०६२४०८६, उवा-४,थवाङ,रोल्पा(राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-मन कुमारी रोका मगर-मृतकको नाता-श्रीमति)

४)पूर्ण बहादुर सुनारी मगर -बर्ष-२६,राहदानी नं-०६४४४००८, बंजारिया-९,धरमपुर-नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-थमन सिंह सुनारी मगर-मृतक संगको नाता-बुबा) तृतीय सचिब सिंहका अनुसार मृतकहरु वसन्त गुरुङ -बर्ष-४१,ताप्लेजुङ र श्याम नारायण चौधरी-बर्ष-२५- दाङको पारिवार भने नेपाली दुताबास कुवेतको सम्पर्कमा आई सकेका छन। यसै गरि दुर्घटनामा घाइते भएका धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको छ भने मनोरथ मन्डल उपचार पछि क्याम्पमा फर्की सकेका छन।

यसै गरि एनआरएन एनसिसि कुवेतका अध्यक्ष सुजन केसिको नेतृत्वमा एक समुहले दुर्घटनामा घाइते भएर जाहारा अस्पतालमा उपचाररत तथा उपचार पश्चात् क्याम्पमा फर्किएकालाई भेटेका छन। माथी उल्लेखित मृतकहरुका परिवार तथा आफन्तहरुले निम्न नंम्बरहरुबाट सम्पर्क गर्न सक्नु हुनेछ। नेपाली राजदुताबास कुवेत-००९६५-२५३२१६०३/६०५ वा हटलाईन -००९६५-९८८६९१२१

फेसबुकबाट तपाईको प्रतिक्रिया