मनछुने भनाई – मनन गर्नुभयो भने साच्ची जीवन सफलतामा पुग्छ

प्रकाशित मिति:

जीवन बदल्ने महान् भनाईहरु बासनारहीत कर्म स्वतह सुकर्म बन्छ ।
वृन्दावनलाल

अध्यात्मिक लक्ष्य प्राप्तीको लागि दृष्टी बदल्न सक्नुपर्छ ।
– खप्तड बाबा

सुख, शान्ती र आनन्दको निम्ती तिमी बाह्य प्रकृतीसंग किन सिंगौरी खेल्छौ, त्यो त तिमीभित्रै छ ।
– सत्य साइवावा

जीवन क्षेण भंगुर भएकाले घमण्ड गर्नु बेकार हो ।
– कविरदास

सभ्यता जहिले पनि हामीसंगै हुन्छ ।
– खलिल जिव्रान

अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरा सप्रन्छ ।
– नेपाली उखान

यो संसारमा कोही पनि नास्तीक छैनन, सवै आनन्दको पछि लागेका मात्र हुन् ।
शास्त्रवचन

जो व्यक्तिसंग बदलाको भावना रहेको हुन्छ उ स्वयं शत्रु हो ।
– बेकन

कुनै काम शुरु गर्नु नै आधा काम सिध्याउनु हो ।
– होप्याक

भाग्य केवल कल्पना मात्र हो ।
– योग वशिष्ठ

अरुको निन्दा गर्ने मात्र होइन निन्दा सुन्ने पनि पापी हो ।
– कालिदास

नरम मिठो बोली प्रेमको सचक हो ।
– साइवावा

मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है