आरआर क्याम्पसमा अखिलको दादागिरी : आक्रमणमा परि नेबिसंघका तीन बिद्यार्थी घाइते

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको आक्रमणमा परि प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका तीन कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई अखिलले क्याम्पस बाहिरबाट लगेको गुण्डाहरुबाट आक्रमण भएको हो । प्रहरीले नेपाल विद्यार्थी संघका केहि कार्यकर्तालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्ती मार्फत घटनाको भत्सर्ना गरेका छन् । महामन्त्री भट्टराईले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । सत्ताको आडमा प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषि माथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन