विद्यार्थीद्वारा नेकपा चितवन कार्यालयमा तोडफोड , केन्द्रीय सदस्य पाठकलाई खुकुरी प्रहार

प्रकाशित मिति:

चितवन – चितवनमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्रका विद्यार्थीहरुबीच झडप हुँदा विवादले उग्र रुप लिएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले आज नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

क्रान्तिकारी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् । पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् । विद्यार्थीहरुले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तोडेका छन् । विद्यार्थीको तोडफोडबाट अध्यक्षको टेबलमा रहेको सिसा फुटेको छ । घटनाले उग्र रुप लिन थालेपछि पार्टी कार्यालयमा अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।