कांग्रेस कार्यकर्ताले प्रेस युनियन बाजुराका अध्यक्ष पिटे, नेताले हेरेर मजा लिए

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – राज्यको चौथो अंग पत्रकारमाथि हातपात गरिएको छ । नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेमाथि हातपात गरिएको हो । आज बिहान छलफलका लागि बोलाएर कांग्रेस कार्यकर्ताले रौलेमाथि हातपात गरेको खुल्न आएको छ । उनी राष्टिय समाचार समिति (रासस) मा कार्यरत छन् । आइतबार मात्र कांग्रेस कार्यकर्ताबाट आफ्नो ज्यान जोखिममा भएको भन्दै उनले प्रेस युनियनका साथै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । आफूलाई नेपाली कांग्रेसका कार्यक्रता हिरेन्द्र रोकायाले हातपात गरेको रौलेले बताएका छन् । केही दिनदेखि रेडीयो पौरखीको परीक्षाको बिषय लिएर कांग्रेस कार्यक्रता रौलेमाथि खनिएका थिए ।

दुई दिन अगाडी रेडियो पौरखीमा स्टेशन म्यानेजर पदका लागि भएको परिक्षाको बिबाद हुँदा रौलेले परीक्षा पनि बहिस्कार गरेका थिए । प्रेस यूनियन बाजुराको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणपछि कांग्रेसका नेता तथा कार्यक्रताहले फोनमा धम्की दिनुको साथै आज बिहान पार्टी कार्यालयमा बोलाएर हातपात गरेका हुन् ।

पत्रकार रौले रेडियो पौरखीको स्टेशन म्यानेजर पदका लागि दरखास्त दिएका थिए । उनका अनुसार रोकायाले हातपात गर्दा नेपाली कांग्रेस जिल्ला सभापति कविराज पण्डित, पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलगायत मूकदर्शक बनेर बसेका थिए । घटना सम्बन्धमा प्रहरीले आवशयक अनुसन्धान थालेको छ ।

यो पनि ….

पत्रकार प्रेम रौले माथि भएको घटनाको छानबिन गर्न नेकाले ५ सदस्यीय छानबिन समिति गठन (बिज्ञप्ती सहित)

पत्रकार प्रेम रौलेमाथी भएको आकर्मणको बिषयलाइृ लिएर नेपाली काग्रेसले ५ सदस्यीय समिति गठन गरिएको छ । पार्टीसभापति कविराज पण्डित ,पुर्व मन्त्री एबं कांगग्रेस महासमिति सदस्य जनकराज गिरी , महासमिति सदस्य जुना दानी लगायत पाटिले निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल प्रेस युनियुन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेलाई पार्टी कार्यालयमा बोलाएर कुटीयो भन्ने समाचार भ्रमात्मक भएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ । साे बिषयमा यथार्थ बुझ्न नेपाली कांग्रेस बाजुराले पांच सदस्यीय छानमिन समिती गठन गरिसकेको छ । यता नेपाली काग्रेस बाजुराका सभापती कबीराज पण्डितले दबै पक्षबिच हानाहान हुनुका साथै हात हालाहाल भएको स्वीकार गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन