बुटवल – प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा नेपालकै पहिलो साईनेज सोरुम सञ्चालनमा आउने भएको छ । बुटवल उप -महानगरपालिका ११ कालिकानगरमा सञ्चालन गर्न लागिएको सोरुम युवा व्यवसायी प्रकाश डुम्रे र संगित गैरेले करिब २ करोडको लगानीमा सञ्चालन गर्न लागेका हुन ।
६ वर्ष देखि सञ्चालन भईराखेको ब्राइट एल ईडी नामक कम्पनीले व्यवस्थित ढंगले सञ्चालन गर्ने उदेश्य सहित आफ्नै भवन (कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था ) नजिकमा सेवा र लागत दुवै बढाएर देशभरिकै पहिलो पहिचान बनाउन खोजेको बताएका छन् । उनीहरूले आफ्नै सोरुम सञ्चालन गरेर नेपालमा केही गर्ने लक्ष्यको साथ अगाडि बढेको बताए ।
उक्त कम्पनीले विगतदेखि डिजिटल बोर्ड र एडभर्टटाईजिङ साइनेजको काम गर्दै आएको छ भने सोरुम लगायतका अन्य सेवा थप गरि उड(काठ)कार्भिंग र गिफ्ट तथा ईन्टेरियरमा पनि काम गर्ने तयारी रहेको सञ्चालक प्रकाश डुम्रेले बताए ।
पहिला सानो रुपमा चलाइएको सोरुम नयाँ टेक्नोलोजी , मेसिन र थप सेवा सहित सञ्चालन गरिने कम्पनीले यस अघि पनि रुपन्देही , नवलपरासी ,कपिलवस्तु , दाङ ,स्याङ्जा ,पाल्पा,कैलाली र कास्कीमा ८०% सेवा प्रदान गर्दै आएको र पुन सञ्चालनमा आएपछी नेपाल भर सेवा प्रदान गर्ने लक्ष्य लिएको सञ्चालक संगित गैरेले जानकारी दिए।

कम्पनीले देशभर सेवा पुर्याउने उदेश्य सहित यस अगाडि प्रदेश ५ का विभिन्न जिल्लामा काम गर्दै आएको थियोे । पछिल्लो समय युवापुस्ता विभिन्न बहाना बनाएर विदेशिने क्रम बढिरहेको बेला देश भित्रै केही गर्ने उदेश्यले युवाहरू जाग्नु सु:खद कुरा भएको बुटवलका युवा व्यवसायी विजय घिमिरे बताउन्छन साथै जागरुक भएर अघी बढेकोमा सञ्चालक डुम्रे र गैरेलाई ब्यबासायिक सफलताको पनि कामना गर्दछन ।
स्याङ्जा स्थायी घर भएका डुम्रे र गैरेले विगत देखि यस क्षेत्रमा ब्राइट एल ईडी मार्फत सेवा प्रदान गर्दै आइरहेका छन । उक्त कम्पनी केही महिना भित्रमा औपचारिक रुपमा उद्घाटन गर्ने सञ्चालक डुम्रेले बताए । साथै सिघ्र सञ्चालनमा आउन लागेको सोरुमको ८०% निर्माण सम्पन्न भइसकेको छ ।
साथै ब्राइट एल इडीको थप सेवा यहाँँ क्लिक गरी हेर्न सक्नुहुन्छ ।
