संवैधानिक अंग सरकारको कब्जामा : डा. शेखर कोइराला

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

अन्तरिम संविधान लेखनमा समेत सक्रिय भूमिका निर्वाह गरेका डा। कोइरालाले भने, ‘तत्कालीन समयमा संघीयता कांग्रेस, एमाले र माओवादीको एजेन्डा नै थिएन। मधेस आन्दोलनकै कारण संघीयता आएको हो।’ संघीयता आफ्नो पार्टीको एजेन्डा थियो भन्नु कांग्रेस÷एमालेका लागि झुटो अभिव्यक्ति हुने उनले बताए।

नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौमा आयोजना गरेको ‘नेकपा सरकारका दुई बर्ष, संघीयता कार्यान्वयनमा उदासिनता’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता कोइरालाले सरकारको २ वर्षे कार्यकाल पूर्ण रुपमा असफल रहेको बताए। कोइरालाले बितेको २ वर्षमा महंगी र कालाबजारी बढेको, किसान मजदूरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुदै गएको बताए। नीतिगत भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गर्दै कोइरालाले भने, ‘दण्डहिनता बढेको छ। संवैधानिक निकायहरु पूर्णरुपमा सरकारको नियन्त्रणमा छन्।’