विप्लव नेकपाका नेता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
11 Shares


काठमाडौं – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विक पक्राउ परेका छन् ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले विकलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताए । नरेन्द्रसँगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया