महाराजगंजको छैठौं नगर सभा सकियो, शिक्षा ऐन पारित

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


सनिउल्ला धोबी / कपिलवस्तु  – महाराजगंज नगरपालिकाको छैठौं नगर सम्पन्न भएको छ । कृषि उद्योग रोजगार र पुर्वाधार, सुशासन र विकास महाराजंगजको आधार भन्ने मुल नारा सहित छैठौ नगर सभा सम्पन्न भएको छ । महाराजगंज नगरपालिकाको छैठौं नगर सभाले शिक्षा ऐन पारित गरेको छ । साथै उक्त नगरसभाले आर्थिक ऐन र विनियोजन विद्येयश संशोधन गरेको छ । नगरपालिकाले नगरको समृद्धीको लागि विशेष योजनाका साथ काम गरिरहेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

नगर सभामा नगर नगर सभाअध्यक्ष तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । उहाँका अनुसार सडक, शिक्षा स्वास्थ, खानेपानी, सिचाइ कुलो, कृषि, पर्यटनलाई प्राथमिकताका साथ नगरपालिका आगाडी बढेको छ । महाराजगंज नगरपालिकाको चालू आ व को प्रगती विवरण प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले प्रस्तुत गर्नु भएको थियो । स्थानीय सरकारका कामहरु प्रभावकारी वनाउन सवै जनप्रतीनिधी जोडिएकाले पारदर्शी भएर काम गर्नु पर्ने खरेलले वताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने