जिल्ला स्तरिय लियोको टेबलटेनिस प्रतियोगिता हुने

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


स्वस्तिक श्रेष्ठ / बुटवल – लियो क्लब अल बुटवलले फागुन ७ र ८ गते दुई दिन जिल्ला स्तरिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको लियो क्लब अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठले बताए । प्रतियोगिता अन्तरगत कक्षा ४ सम्म छात्रछात्रा, कक्षा ५ देखि ८ सम्म छात्रछात्रा, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स र शिक्षक सिगल गरि विद्यागत प्रतियोगिता हुने उनले बताए । प्रतियोगितामा जिल्लाका २५ निजि तथा सामुदायिक विद्यालयका करीब ३ सय खेलाडीहरु प्रतिस्पर्धा गर्ने क्लबका सल्लाहकार महेश खनालले

बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को चिफ एडभाईसर अर्जुनमान सैजुले विगत लामो समयदेखि खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिदै आएको बताए । विद्यालयस्तरमा गरिने खेलकुद गतिविधिबाट खेलाडी उत्पादन हुने उनले बताए । कार्यक्रममा लायनेश क्लब अफ बुटवलकी पुजन श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठले विभिन्न पेशा ब्यावसायमा आवद्घ ब्यक्तिहरु सानो सहयोग जुटाएर सामाजिक सेवा गर्दै आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया