५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
34 Shares


रामु भुसाल / बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट १६, सूर्यनगरमा जारी रहेको ५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सोमबार सुर्यनगर खेल मैदानमा सम्पन्न भएको छ । नव युवा क्ब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा गत माघ २५ गतेदेखी सुरु भएको प्रतियोगिताको सोमबार बागमति युथ क्लब सर्लाही ११ र झम्सी खेल युथ क्लब ललितपुर बीच सम्पन्न सेमिफाइनल खेलमा निर्धारित समयमा दुई दुई गोल गरि बराबर भएपछी खेल ट्राइब्रेकरमा गएको थियो । सो ट्राइबेकरमा झम्सी युथ क्लब ललितपुरले ६ गोल र बागमति युथ क्लब सर्लाहीले ७ गोल गरेपछी १ गोलको अन्तरले बागमति युथ क्लब सर्लाही विजयी भई फाइनलमा प्रबेश गरेको छ ।प्रतियोगिताको फाइनल खेल यही फागुन ७ गते हुने

र सो फाइनल खेलमा बागमति युथ क्लब सर्लाही ११ र नवलपरासी ११ भिड्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा झम्सी युथ क्लब ललितपुरका जर्सी नम्बर २३ का ईनाम तामाङ म्यान अफ द म्याच घोषित हुनुभएको छ । त्यस्सैगरि मंगलबार प्रतियोगिताका खेल नभएपनि सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाका ४० बर्ष पार गरेका पुर्व खेलाडी बीच मैत्रीपुर्ण खेल खेलाइने समेत आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजयी हुने टिमले ३ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाेकृष्ट खेलाडीले ५ हजार, सर्वा्धिक गोलकर्ताले ५ हजार,उत्कृष्ट गोलरक्षकले ५ हजार,उत्कृष्ट मिड फिल्डरले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार पुरस्कार पाउने बताईएको छ । सो प्रतियोगिताको मिडिया पार्टनर सामुदायिक रेडियो दाउन्ने बर्दघाटले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न
  • रौतहट यूवा पिढि द्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले गरे…
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण