गायन प्रतियोगितामा कुशल आचार्य बने दीप गायन तारा

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले आइतबार आयोजित दीप गायन तारा प्रतियोगितामा शान्ति नमूना मा.वि.का विद्यार्थी कुशल आचार्य दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी द्वितीय, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई तृतीय, देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ र डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुलीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कूलले शैक्षिक उन्नयन र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र आगामी दिनमा यस विद्यालयले अझ बढी शैक्षिक सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले ३० हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यसैगरी खेलकुद पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण

योगदान पु¥याउने नेपाल टेलिभिजनका संवाद दाता हरिष ढकाललाई नगद रु. १० हजारका साथ सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीको विशिष्ट आतिथ्यता, पूर्व जि.शि.अ. टेकबहादुर थापा, राष्ट्रिय कलकार हेमन्त शर्मा, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्ल टु संयोजक वसन्त कुमार जोशी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम वरिष्ठ सङ्गीतकार नारायण थापा, राष्ट्रिय गायक विनोद गुरुङ र गायक प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले गर्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय गायक हेमन्त शर्मा र विनोद गुरुङको साङ्गितिक प्रस्तुति रहेको थियो भने विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया