अलेप्पो प्रान्तका अधिकांश भूभाग सिरियाली सेनाको कब्जामा

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /टर्की र रुसबीच सिरियामा जारी युद्धबारे वार्ता हुनुअघि सिरियाली सेनाले उत्तरी प्रान्त अलेप्पोमा रहेको विद्रोहीको नियन्त्रित अधिकांश भूभाग फिर्ता गरेको छ । अलेप्पो प्रान्तको उत्तर पश्चिमी क्षेत्रमा विद्रोहीको कब्जामा रहेको भूभाग रुसी वायुसेनाको बमबारी र इरानी लडाकुको सहयोगमा सिरियाली सेनाको व्यापक कारवाहीपछि फिर्ता लिएको हो ।बेलायतमा रही सिरियाली युद्धको अनुगमन गरिरहेको समूहका अनुसार सिरियाली सेनाले १३ वटा गाउँ र शहरहरु विद्रोहीको कब्जाबाट फिर्ता लिइएको हो । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्का अनुसार अब अलेप्पो प्रान्तमा दरात एज्जा नामक शहर आसपासका केही भूभाग मात्र सिरियाली विद्रोहीको नियन्त्रणमा छ । विद्रोही फौजले भने आफूनियन्त्रित भूभागबाट आफूहरु फिर्ता भएको जनाएका छन् ।

यसअघि सिरियाली सेनाले राजधानी दमास्कसलाई दोश्रो ठूलो शहर अलेप्पोलाई जोड्ने रणनीतिक रुपमा महत्वपूर्ण एम ५ राजमार्गलाई इडलिब प्रान्तमा विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको थियो । अर्कोतर्फ सिरियाली विद्रोहीको सबैभन्दा नजिकको साझेदार मुलुक टर्कीले भने विद्रोहीलाई सहयोग गर्नका लागि ठूलो सङ्ख्यामा सैनिक सहायता इडलिबतर्फ पठाएको टर्कीको समाचार संस्था अनादोलुले जनाएको छ ।पछिल्ला दुई सातामा इडलिब प्रान्तमा सिरियाली सेनाको कारवाहीमा १३ जना टर्किस सैनिक मारिएका थिए । टर्कीले आफ्ना सैनिकविरुद्धको कारवाही रोक्नका लागि सिरियाली सेनाको निर्देशन दिन माग गरेको छ । टर्कीले त्यसो नभएको खण्डमा सिरियाली सेनालाई लक्षित गरी सैनिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला