३०प्याकेट ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा

प्रकाशित मिति:

सिरहा/सिरहाको गोलबजार नगरपालिका चोहर्वाबाट ३० प्याकेट ब्राउन सुगरसहित दुई युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरु गोलबजार नगरपालिका–७ बस्ने २४ वर्षीय कृष्णा यादव र सोही नगरपालिका९४ बस्ने २२ वर्षीय प्रवेश महतो रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहा मातहात अन्तरर्गतका इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले आइतबार राति यादव र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ९एसपी० उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी प्रमुख चतुर्वेदीका अनुसार पक्राउ परेका यादव र महतोलाई खान तलासी गर्दा ३० वटा पुरियामा रहेको ३ ग्राम ब्राउन सुगर फेला परेको थियो । र पक्राउ परेका साथमा रहेको सात थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख चतुर्वेदीले जानकारी दिनुभयो ।