कोरोना महामारीका कारण चिनियाँ संसद् अधिवेशन सर्ने

प्रकाशित मिति:

एजेन्सी /बेइजिङ स् कोरोना भाइरस संक्रमणको खतराका कारण चिनियाँ संसदको मार्चमा शुरु हुने वार्षिक अधिवेशन रद्द हुन सक्ने बताइएको छ। चीनको आधिकारिक सञ्चारमाध्यमले सोमबार उक्त जानकारी दिएको हो।

गत वर्षको डिसेम्बरमा गरिएको आधिकारिक घोषणाअनुसार देशको सर्वोच्च संसद् एवं १३ औं नेशनल पीपल्स कंग्रेस एनपीसीको वार्षिक अधिवेशन बेइजिङमा ५ मार्चमा हुने मिति तोकिएको छ। चीनको सरकारी पत्रिका चाइना डेलीले कोरोना भाइरसको खतराका कारण एनपीसीको स्थायी समितिले उक्त अधिवेशन सार्ने विचार गरिरहेको छ। एनपीसीको अधिवेशन सारिनु चीनमा अभूतपूर्व मानिएको छ।