बेलायती सांसदलाई भारतले कश्मीरमा छिर्न दिएन

प्रकाशित मिति:

नयाँदिल्ली/बेलायती सांसदलाई भारतीय अधिकारीले कश्मीर प्रवेश गर्न दिएका छैनन् ।विवादित कश्मीर क्षेत्रमा संसदहरुको समूहको अध्यक्षता गर्न आएकी बेलायती सांसद डेबी अब्राहम्सलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै यहाँका अधिकारीले रोकिदिएका हुन् ।डेबी बेलायतको लेबर पार्टीको तर्फबाट सांसद हुन् । जो आफ्नो परिवारलाई पनि भेट्ने योजनामा थिइन् । डेबी यही सोमबार दुबइबाट नयाँदिल्ली आइपुगेकी थिइन् । विमानस्थलमा अधिकारीले उनको ‘डकुमेन्ट’ हेरेपछि टाउको हल्लाउँदै उनलाई कश्मीर प्रवेशमा रोक लगाएका हुन् ।

अब्राहम्सले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएकी छन् । विमानस्थलमै अधिकारीले उनलाई भिजा अस्वीकृत भएको जानकारी गराउँदै डेस्क छाडेको बताइन् । ‘जब उनी आए, उनी असाध्यै रुखो र रिसाहा देखिएका थिए,’ डेबीले भनेकी छन् । त्यसपछि उनले आफ्नो आफन्तलाई बोलाइन् । जसले बेलायती उच्च आयुक्तलाई सहयोगको लागि आग्रह गरेको बताइएको छ ।प्रष्ट कुरा के भने, मेरा भारतीय आफन्त छन् । जोसँग मैले भेट्ने कुरा थियो । र भारतीय कर्मचारीले मलाई साथ दिनेथिए,’ अब्राहम्सले ट्वीटरमा लेखेकी छन् ।सबैका लागि न्याय र मानवअधिकारका लागि नै म राजनीतिमा प्रवेश गरेकी हुँ । म आफ्नै सरकार र अन्यसँग यी मुद्दालाई लिएर निरन्तर चुनौती दिनेछु,’ उनले लेखेकी छन् । भारतको विदेश मन्त्रालयका प्रवक्ताले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।