चालकलाई जुत्ता अनिवार्य

२५ आश्विन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
3 Shares


भोजपुर, २५ असोज / जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु दुई हजार देखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु पाँच सयबाट चार सय कायम गरिएको छ ।

त्यसैगरी बसमा राख्ने गरिएका हर्न दुई वटा मात्र राख्न पाइने, एक महिनाभित्र सार्वजनिक सवारी साधनले बसको अगाडि, पछाडि, दायाँबायाँ र भित्रपट्टि नम्बर प्लेट अनिवार्य राख्नुपर्ने, सवारी साधनमा स्टिकर अनिवार्य राख्नु पर्ने लगायतका निर्णय गरिएको छ । यदि एक महीनासम्म पनि निर्णय कार्यान्वयन नगरे रु एक हजार जरिवाना गर्ने व्यवस्था छ ।

(रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ