घरेलु मैदानमा चेल्सी स्तब्ध

प्रकाशित मिति:

काठमाडौं/ ईङ्लिस प्रिमियर लिग फुटबलमा खराब लयबाट गुज्रिएको म्यान्चेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ ।युनाइटेडले आज विहान सम्पन्न खेलमा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरको जीत निकालेको हो ।युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे ।खेलको ६६ औ मिनेटमा मागुईरेले हेडमार्फत युनाईटेडका लागि निर्णायक गोल गरे । घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे ।

बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भारमार्फत मान्यता दिन अस्विकार गरेका थिए ।शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ भने जीतसँगै ३८ अंक सहित सातौ स्थानमा छ ।