१८ वर्षपछि सर्वसाधारणका लागि श्रीसदन’ खोलिँदै ‘

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
30 Shares


काठमाडौँ /राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उहाँले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ। नयाँ वर्षको दिन अर्थात् २०७७ साल वैशाख १ गते श्रीसदन खुला गर्न लागिएको हो।श्रीसदनसँगै हिट्लरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेका राजपरिवारले चढ्ने बग्गी, दीपेन्द्र, श्रुति, निराजनले चढ्ने गाडीलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ। संग्रहालयले बिग्रिएका अवस्थामा रहेको सबै सवारीसाधन मर्मत गरी तयारी अवस्थामा राखेको छ। सोही दिनबाट संग्रहालय प्रशासनले गणतन्त्र स्मारक परिसरको शहीदको सम्झानामा निर्मित संग्रहालयसमेत खुला गर्ने भएको छ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन खोल्न सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो।‘बाटोको समस्या थियो, बम्बैचोक नजिकै नारायणहिटी संग्रहालयको दक्षिणतर्फका रत्न मञ्जिलसँगैबाट प्रवेश गर्ने व्यवस्था मिलाएका छौं। पहिलो चरणमा श्रीसदन, सवारीसाधन र गणतन्त्र स्मारकको संग्रहालय खुला गर्नेछौँ । त्यसपछि प्रदर्शन गर्न बाँकी संरचना खुला गर्नेछौं।’ –दाहालले भन्नुभयो। संग्रहालय स्थापना भएको १२ वर्षपछि ती सामग्री प्रदर्शनीमा राख्न लागिएको हो। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया