टिप्पर काण्ड :टिपरले किच्दा सडक पेटिमा सुतेका एकको मृत्यु

प्रकाशित मिति:

काठमाडौं/टिपरले किच्दा काठमाडौंको शंखरापुरस्थित सडक पेटिमा सुतेका एकको ज्यान गएको छ ।गएराति १० बजेको समयमा टिपरले किचेका ४० वर्षीय प्रविण श्रेष्ठको उपचारको क्रममा सुस्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लाका स्थानीयबासी रहेको खुल्न आएको छ । स्थानीका अनुसार केही समय अघिबाट उनमा मानशिक समस्या रहेकाले उनी सडक पेटिमा सुत्ने गरेका थिए ।उनको ज्यान लिने टिपर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।