पूर्वसांसद तथा कांग्रेस गुल्मी संस्थापक सभापति ज्ञवलीको निधन

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
17 Shares


काठमाडौं/नेपाली कांग्रेसका नेता भगवत ज्ञवलीको ७५ बर्षको उमेरमा निधन भएको छ । २००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवली पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति समेत रहेका थिए ।उनको आज बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

पार्टीमा बिपी कोइरालासँगै काम गरेको ज्ञवलीले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका थिए ।उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया