सधैं बुद्धिमान व्यक्तिसँग बस्नुहोस् र घरमा वाद–विवाद नगर्नुहोस्

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


यदि स–साना कुराहरुलाई ध्यानमा राख्ने हो भने दैनिक जीवनका थुप्रै समस्या आफैं बिलाएर जानेछन् । आचार्य चाणक्यले जीवनमा सुख–शान्ति स्थापित गर्नका लागि सूत्र बनाउँदै एउटा नीति शास्त्रको रचना गरेका थिए । चाणक्य नीति अपनाएर हामीले हरेक कुरामा सफलता पाउन सक्छौं । आउनुहोस्, यस्तै एक नीतिबारे जानकारी लिऔं ।

मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।

दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।

यो चाणक्य नीति ग्रन्थको तेस्रो अध्यययको २१ औं श्लोक हो ।

यो नीतिमा चाणक्यले भनेका छन्ः

जहाँ मूर्खको पूजा हुँदैन, ज्ञानीको मात्रै सम्मान हुन्छ, बुद्धिमान व्यक्तिको कुरा मानिन्छ, त्यहाँ सुख–शान्ति स्थापित हुन्छ । बुद्धिमान व्यक्तिको संगत गर्दा हाम्रा थुप्रै समस्या समाप्त हुनसक्छ ।जुन घरमा धन–धान्य पर्याप्त मात्रामा छ, अन्नको एउटा दाना पनि व्यर्थ फ्याँकिदैन, त्यहाँ अन्नको कमी हुँदैन । जुन घरमा श्रीमान्–श्रीमतीबीच वाद–विवाद हुँदैन, सबै प्रेमपूर्वक बस्छन्, त्यहाँ सुख–शान्ति स्थापित हुन्छ ।जसले मुर्ख व्यक्तिको सेवा गर्छ, जहाँ धन–धान्यको अपमान गरिन्छ, बचत गरिँदैन, जुन घरमा श्रीमान्–श्रीमतीबीच सधैं झगडा हुन्छ, त्यहाँ कलह हुन्छ, त्यहाँ कहिले पनि सुख–शान्तिको वास हुँदैन । त्यसकारण मूर्ख व्यक्तिको संगतबाट बच्नुहोस्, थालमा खाना नछोड्नुहोस्, परिवारसँग प्रेमपूर्वक रहनुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया