रिमा विश्वकर्मा फिटनेसका सूत्र

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
31 Shares


पछिल्लो समय कमेडी च्याम्पियनकी प्रस्तोताका रूपमा चिनिएकी छिन् सञ्चारकर्मी, मोडेल तथा अभिनेत्री- रिमा विश्वकर्मा।उनी शारीरिक रूपमा पनि फिट सेलेब्रिटी मानिन्छिन्। उनको फिटनेसको राज उनकै शब्दमा आजको नयाँ पत्रिकाले छापेको छ:१‍.नियमित जिम – बिहान उठेर करिब दुई घन्टा जिम गर्छु। पहिले जुम्बा नृत्य गर्थेँ। त्यसलाई छाडेर जिम गर्न थालेँ। जिमले शरीरलाई फिट राख्न निकै सहयोग गर्छ।२. फलफूल र तरकारी धेरै खान्छु – घरमै पकाएको खानेकुरा बढी खान्छु। चिल्लो बढी भएको र सोडा हालेको खाना खान्नँ। त्यसको साटो फलफूल, अन्डा र तरकारी बढी खान्छु।३. पानी धेरै पिउँछु – पानीले शरीरमा ऊर्जा दिन्छ । प्रसस्त पानी पिउँदा रोग लाग्नबाट पनि बच्न सकिन्छ। म पनि पानी धेरै पिउँछु।४. साँझ रोटी खान्छु – साँझ सधैँ रोटी, तरकारी र फलफूल खान्छु ।

बिहान मात्र भात खान्छु।५. सकारात्मक सोच्छु – हरेक कुरालाई सकारात्मक दृष्टिबाट हेर्छु । दुःख र सुख जिन्दगीका दुई पाटा हुन् । यही कुरा हाम्रो दिमागलाई बुझाउनुपर्छ । मनमा उथलपुथल आउन नदिई सन्तुलनमा राख्नुपर्छ । त्यसपछि सकारात्मक सोचको विकास हुन्छ।६. प्रेसर महसुस गर्दिनँ – हरेक कुरालाई सहजै लिन्छु । दुःखकै पलमा पनि राम्रो पक्षलाई केलाउने गर्छु। कामलाई कहिल्यै प्रेसरका रूपमा हेर्दिनँ । बरु काममा रमाउँछु।७. कस्मेटिक कम प्रयोग – कस्मेटिक चिजमा विश्वास गर्दिनँ । सुटिङका वेला हेभी मेकअप गर्नुपर्छ । त्यसैले हरेक १५ दिनमा फेस क्लिनिङ गराउँछु। आफैँ पनि दिनहुँ फेस सफा गर्छु। क्रिम प्रयोग गर्दा अनुहारलाई फाइदा पुर्‍याउने प्रकारको मात्र छनोट गर्छु । खासगरी, प्राकृतिक उत्पादनका क्रिममा रुचि बढी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न