गायिकाले माइतीमा आत्महत्या गरेर लेखिन यस्तो सुसाइड नोट

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
27 Shares


एजेन्सी – कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले आफ्नो माइतीमा आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएको छ । सुष्मिताले आत्महत्या गर्नुअघि निकै लामो मेसेज पठाएर आफ्नो मृत्युको कारण बताउँदै दोषीलाई कुनै पनि स्थितीमा नछोड्ने आग्रह गरेकी छिन् । यसबारे पुलिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताइन् ।

पुलिस स्रोतका अनुसार २७ वर्षीया गायिकाले आइतबार आत्महत्या गरेकी हुन् । आइबी टाइम्सले स्रोत उद्धृत गर्दै सुसाइड नोटमा सुष्मिताले के लेखेकी थिइन्, त्यसबारे जानकारी दिइएको छ जसमा बताइए अनुसार सुष्मिताले लेखेकी छिन्, ‘आमा मलाई माफ गरिदिनु, मैले मेरो गल्तीको सजाय पाइरहेकी छु । मलाई श्रीमानका आन्टीले टर्चर गरिन् । उनले मलाई घरबाट निस्कन भन्थिन् । उनलाई नछोड्नुहोस् । शरत, वैदेशी र गीता मेरो मृत्युका लागि प्रत्यक्ष रुपमा जिम्मेवार छन् । मैले उनीहरुलाई धेरै बिन्ती गरेँ तर उनीहरुको मन र मुटु कहिले पनि पग्लिएन ।’

उनले थपिन्, ‘म उनीहरुको घरमा मर्न चाहन्नँ । विवाहको दिनदेखि नै यी सबै सुरु भएको थियो । मेरो अन्तिम संस्कार मेरो माइतीमै मेरो भाइको हातबाट होस् । मेरा घरका लाई नछोड्नुहोस् नभए मेरो आत्माले शान्ति पाउँदैन । म तपाईंलाई धेरै मिस गर्नेछु, आमा ।’स्रोतका अनुसार करिब डेढ वर्ष अघि शरत कुमारसँग उनको विवाह भएको थियो । विवाहको केही समयपछि नै श्रीमान् र घरका सदस्यसँग उनको मतभेद भएको थियो । झगडा बढ्दै गएपछि उनी माइतीमा नै बस्न थालिन् । सुष्मिताले ‘श्रीसमान्य’ र ‘हालू ठुप्पा’ जस्तो कन्नड फिल्ममा गीत गाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने