कोरोना भाइरसबाट वुहान अस्पतालका निर्देशककै मृत्यु

प्रकाशित मिति:

एजेन्सी – संसारभर त्रास फैलाएको कोरोना फाइरसबाट वुहान अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको छ । कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो । अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे। उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले बताएको छ ।

यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए । साथीहरूसँग त्यस्तो चेतावनीबारे कुरा गरेको भनेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो ।

पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए। उनको मृत्युपछि लाखौं चिनियाँले शोक व्यक्त गरेका थिए । कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

थप समाचार