हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु – गगन थापा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन कुमार थापाले संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा दुर गरेको मुद्दा प्रति संसदमा व्यंग गरेका छन्। उनले विष्णु पौडेलको छोराको नाममा रहेको ८ आना जग्गा बारे स्वास्थानी वर्त कथाको लयमा व्यंग गरेका हुन्। थापाले भने ‘ अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु।‘

अख्तियारले विष्णुपौडेलका छोरालाई कुनै पनि मुद्दा लगाएको छैन जबकि उनी जस्तै धेरैलाई मुद्दा लगाएको छ। ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्रीद्वय माधव कामर नेपाल र बाबुराम भट्टराई बिरुद्ध पनि अख्तियार मौन रहेको छ। दुई प्रमका मन्त्रीहरु बिरुद्ध भने अख्तियारले मुद्दा दायर गरेको छ।

गगन थापाले संसदमा बोलेको पुर्ण कुरा :

‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम: