रातीको समयमा एक्ली महिलाको इज्जत लुट्ने बुटवलका रामकिशन परे पक्राउ

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राती आफ्नै गाउँकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

मदिरा सेवन गरेर रातीको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसि जवरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनु भयो । पक्राउ परेका थारु बिरुद्ध जवरजस्ती करणी उद्योगमा कारवाहीका लागि अनुसन्धान अगाडी बढाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया