यस वर्ष पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाइदिने, टीकाको साइत ११ः ३७ बजे

प्रकाशित मिति:

असोज २५ काठमाडौं । पुर्वराजा ज्ञानेन्द्रको यो वर्ष सर्वसाधारणलाई टिका लगाइदिने हुनुभएको छ । गत वर्ष टीका नलगाउनुभएका पुर्व राजा ज्ञानेन्द्रले यो वर्ष विजया दशमीको दिन दिउसो ३ बजेदेखि टीका लगाइदिने हुनुभएको हो ।

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाका साइत अनुसार महेन्द्र मञ्जिलमा आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसंग टीका लगाउने कार्यक्रम तय भएको त ।

त्यसपछि दिउसो ३ बजेदेखि निर्मल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको निर्मल निवासले जनाएको छ । उता मुम्बइमा रहनुभएका ज्ञानेन्द्रको निर्देशन पछि ज्ञानेन्द्रका सबै कर्मचारी दशैको शुभकामना कार्ड बाड्न व्ययस्त छन ।

घटस्थापना लागे लगत्तै कर्मचारीले काड बाड्न शुरु गरेका हुन । ती कर्मचारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पुर्व प्रधानमन्त्री देखि सुरक्षा निकायका प्रमुख, पुर्व प्रधान सेनापतिहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत आफन्तलाई शुभकामना कार्ड वितरण गरिएको छ ।

फुलपाति अघिल्लो दिनसम्म कार्ड वितरण गर्ने कर्मचारीले बताएका छन । ज्ञानेन्द्र फुलपातिको दिन नेपाल फर्कने कार्यक्रम तय भएको छ । भोलीपल्ट अर्थात अष्टमीको दिन नौ पिठमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।