बुटवल वहुमुखी क्याम्पसमा व्यक्तित्व विकास एवम उद्घोषण तालीम सुरु

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल  – नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिको आयोजना तथा करीयर प्लानिङ एजुकेशन नेटवर्क प्रा ली बुटवलको सहकार्यमा २ दिने व्यक्तित्व विकास एवम उदघोषण तालीम सोमवारबाट सुरु भएको छ ।नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका सभापति दिनेश पौडेको सभापत्वि एबम नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडकोे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।तालीममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले तालीम फलदायी बन्नु पर्नेमा जोड दिदै व्यक्तित्व विकास एवम उद्घोषण तालीमले विद्यार्थिहरुलाई थप हौसला मिल्ने वताए । खाणले अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको जिकीर गरे । यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ उनले भने विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुदा हुदै सरकारले एमसीसी परियोजना ल्याउन खोजेको र

एमसीसी नेपाली जनताको हितमा नभएकाले सवैले यसको विरोध गर्नुपने वताए ।वुटवल वहुमुखी क्याम्पसको सभाहलमा संचालन भएको तालीममा ४ सय ५३ जना विद्यार्थि सहभागी रहेको छन ।तालीममा युवाहरुमा लुकेर रहेका क्षमतालाई बाहिर ल्याउने उद्देश्यका साथ तालीम सञ्चालन गरेको नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका उपसभापति ऋषी भण्डारीले वताए ।तालीममा नेपाल प्रजातान्त्रीक प्रध्यापक सँघका केन्द्रीय उपसभापती मदन कट्टेल, बुटवल एफ एमका कार्यक्रम प्रमुख रमेस अर्याल, खस्यौली एफएमका स्टेशन म्यानेजर सुमन श्रेष्ठ, अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेत र बुद्घ टेलीभिजनकी पत्रकार सञ्जु पौडेलले प्रशिक्षण दिएका थिए । तालीम मंगलवार समापन हुने कार्यक्रमका सह संयोजक दिवस न्यौपानेले वताए । कार्यक्रम नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका उप सभापति विक्रम पौडेलले संचालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया