वुटवलमा ४८ वर्षीया महिलामाथि जबरजस्ती करणी

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
15 Shares


रुपन्देही  –  जिल्लामा एक महिलामाथि जबरजस्ती करणी भएको छ ।४८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा वुटवल उपमहानगरपालिका–१८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारु पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई थारुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बलात्कृत महिलालाई स्वास्थ्य परीक्षणको लागि स्थानीय स्वास्थ्य संस्था पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया