नेपाली कांग्रेसका भागवत ज्ञवालीको निधनप्रती शाहद्वारा भावपूर्ण श्रद्धान्जली व्यक्त

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका पुर्ब सभापति भागवत ज्ञवालीको निधन भएको छ । ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ज्ञवाली पछिल्लो समय वाणगंगा नगरपालिका वडा नं. २ मा बसोबास गर्दै आउनुभएको थियो ।

२००१ सालमा गुल्मीमा जन्मिनुभएका उहाँ २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनुभएको थियो।प्रजातान्त्रिक आन्दोलनमा योगदान र्पुयाएका ज्ञवालीले बिपी कोइरालासँगै काम गर्नुभएको थियो । उहाँका श्रीतमी, दुई छोरा र तीन छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया