एक्कासी प्रधानमन्त्रीको मुटुमा समस्या, अस्पताल भर्ना

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares

File

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएको छ । नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओलीलाई मुटुमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको एन्जियोग्राफी गरिएको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण कुमार सायमीले बताए ।सरकारको नेतृत्व गरेको दुई वर्ष पुगेको अवसरमा संसदमा झण्डै सवा घण्टा भाषण गरेका प्रधानमन्त्री ओली त्यसलगत्तै झापाका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया