न्यू लुम्विनीद्वारा पुरस्कार बितरण, रजत महोत्सब मनाउदै

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


झबिन्द्र देवकोटा / देवदह  –  न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलले आफ्नो रजत महोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तरगत मंगलबार पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद र शैक्षिक सत्र–२०७५ को शैक्षिक पुरस्कार एक कार्यक्रमका वीच वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले मौलिक हकको रुपमा रहेको शिक्षाको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले अशिक्षाले गरिवी बढाउने बताउदै गरिव तथा विपन्न बर्गका वालवालिकालाई पनि निजी क्षेत्रले बढाउनु पर्नेमा जोड दिनुभयो । उहाले गुणस्तर, प्राविधिक र व्यवहारिक शिक्षाले मात्र गरिवी न्यूनिकरण गर्न सकिनेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रमोद खनाल, नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका ऋषिराम लामिछाने, अभिभावक राजेन्द्र चौधरी, गुना अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो । यसैगरी विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित विभिन्न रचनात्मक कार्यक्रममा उत्कृष्ठता हासिल गरेका विद्यार्थी तथा खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयका प्रिन्सिपल विनोद थापामगरको स्वागत र निर्मला पौडेल, लक्ष्मी रेश्मी रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयले बुधबार विशेष समारोहकाबीच रजत महोत्सव मनाउदै छ । रजत महोत्सवको प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्तीले उद्घाटन गर्ने कार्यक्रम रहेको बिद्यालयका प्रेस सल्लाहकार गोबिन्द घर्ती मगरले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन