पाकिस्तानमा आत्मघाती विष्फोट, ७ जना मारिए

प्रकाशित मिति:

एजेन्सी/पाकिस्तानको क्वेट्टा शहरमा गराइएको आत्मघाती बम आक्रमणमा कम्तीमा ७ जना मारिएका छन् ।बलोचिस्तान प्रान्तको राजधानी शहर रहेको क्वेटामा एक राजनीतिक यालीलाई लक्षित गरी आत्मघाती आक्रमण गराइएको अधिकारीले जनाएका छन् ।अहल ए सुन्नत वाल जमात नामक समूहले आयोजना गरेको र्यालीमा भएको विष्फोटमा अरु २५ जना घाइते भएका छन् । यस समूहको संलग्नता कट्टर साम्प्रदायिक गुटसँग रहेको जनाइएको छ ।

र्यालीनजिक मोटरसाइकलमा आएको आत्मघातीलाई प्रहरीले र्याली भइरहेको स्थानमा जान रोकेको र उसले त्यहीँ विष्फोट गराएको अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि बलोचिस्तान प्रान्तमा यसअघि विभिन्न लडाकु एवं आतंककारी समूहले सार्वजनिक तथा सैनिक निशानालाई लक्षित गरी यस्ता आत्मघाती आक्रमण गराउँदै आएका छन् ।