चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप–समितिको सुझाव

प्रकाशित मिति:

असोज २५ काठमाडौँ — संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै उक्त सुझाब दिएको हो ।

साथै समितिले सरकारले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न पनि निर्देशन दिनुपर्ने सुझाब दिएको छ। अर्थ मन्त्रालयमार्फत सरकारलाई वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने सुझाब दिएको हो।

मन्त्रीपरिषदले स्वदेशी उद्योलाई प्रवद्र्धन गर्न भन्दै वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गत महिना गरेको थियो। निर्णय लगत्तै बजारमा चिनीको भाउ ह्वातै बढेको छ। यसबारे छानविन गर्दै लेखा समितिले उप समिति गठन गरेको थियो।