कारमा आगलागी हुँदा  ४ जनाको जलेर मृत्यु

प्रकाशित मिति:

काठमाडौं / कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ ।मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ ।कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

उनिहरु सबै एकै परिवारका हुन सक्ने आंकलन गरिएको छ । कारमा कसरी आगलागी भयो भन्नेबारे केही पनि खुलेको छैन ।