रौतहटमा प्रहरी र अपराधिक समुहको नाईके बीच गोलि हानाहान

प्रकाशित मिति:

रौतहट/दर्जनौं आपराधिक क्रियाकलापमा संलग्न एक व्यक्ति प्रहरीबीच मंगलबार राति रौतहटमा गोली हानाहान भएको छ ।सो क्रममा चन्द्रपुर नगरपालिका ४ बाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी छन ।

उनी व्यक्ति हत्या लगायतका दर्जनौं अपराधका अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीमाथी जाइलागेपछि कुर्मीलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।वायाँ खुट्टामा २ राउन्ड गोली लागेर घाइते कुर्मीको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

थप समाचार