साविक विजेता लिभरपुल पराजित

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा एट्लेटिको मड्रिडले लिभरपुललाई पराजित गरेको छ ।मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल घरेलु टोली एट्लेटिको १–० गोल अन्तरले पराजित भएको हो ।

साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल नै एट्लेटिकोका लागि निर्णायक बन्यो । अव लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा एट्लेटिको मार्च ११ मा दोस्रो खेल खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया