युनाइटेड वर्ल्ड स्कुल नेपाल संस्थालाई गुल्मीको धुर्कोटमा स्वागत

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र भण्डारी

गुल्मी, फागुन ७ ।

युनाइटेड वर्ल्ड स्कुल नेपाल संस्थाका सहयोगी दाताहरुलाई धुर्कोट गाउँपालिकामा स्वागत कार्यक्रम सम्पन्‍न भएको छ ।

गुल्मी जिल्लाका करिव १० विद्यालयलाई सहयोग गरेको संस्था युनाइटेड वर्ल्ड स्कुलका सहयोगी दाताहरुलाई बुधबार गाउँपालिकाको कार्यालय बर्बोट गुल्मीमा स्वागत कार्यक्रम सम्पन्‍न भएको हो ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले युनाइटेड वर्ल्ड स्कुल नेपाल यु.डब्लु.एस. युके का दाता समितिको अध्यक्ष क्रिस उट्रम लगायको टोलिलाई टिका र मालाले स्वागत गर्नु भएको थियो । देविस्थान प्राथमिक विद्यालय वडा नं. ४ जैशिथोकमा विद्यालय निर्माण तथा विद्यालयलाई आवश्यक पर्ने विभिन्‍न सामाग्री सहयोग गरेको संस्थाले धुर्कोट गाउँपालिकाकै वाग्लाको एक विद्यालय गरी गुल्मी जिल्लामा १० विद्यालयलाई सहायता प्रदान गरेको छ ।

स्वागत कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सहयोगी संस्थाका प्रतिनिधि हरुलाई गाउँपालिकामा स्वागत गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि धुर्कोट गाउँपालका भित्रका विद्यालयलाई छनोट गर्नुभएकोमा धन्यवाद प्रकट गर्नुभएको थियो । पोखरेलले भन्‍नुभयो “समग्र विद्यालय र विद्यार्थीको चौतर्फि विकास गर्न यो संस्थाको क्रियाशिलताले विशेष त विपन्‍न वर्गका विद्यार्थी हरुलाई शिक्षाको पहुचमा ल्याउन सहयोग पुगेको छ म मात्र नभएर धुर्कोट बासी हामी सबै हर्षित छौँ” साथै उहाले आगामी दिनमा समेत सहयोगको आसा राखेको बताउनुभयो ।

संस्थाको तर्फबाट वोल्दै युनाइटेट वर्ल्ड स्कुल नेपालका संस्थापक सुर्य कार्कीले २०७१ सालमा पूर्व मन्त्री गोकर्ण विष्‍ट संग गुल्मी आउदा यहाँका विद्यालयमा विपन्‍न वर्गका बालबालिकाहरु गुणस्तरिय शिक्षाको अपूग र शिक्षाको पहुचबाट केही टाढा रहेको जस्तो देखेपछी शंखुवासभामा सञ्‍चालित यो संस्थालाई गुल्मी जिल्लामा ल्याइएको बताउनुभयो । साथै उहाँले विदेशका विभिन्‍न कलेजबाट उठेको रकमबाट विद्यालयको भौतिक सुधार, शिक्षक तथा विभिन्‍न शैक्षिक सामाग्री सहयोग गरीरहेको बताउनुभयो । कार्कीले थप्नुभयो “शंखुवासभका २८ विद्यालय र गुल्मीका १० विद्यालयमा क्रियाशिल रहेको र आगामी दिनका थप विद्यालयमा सहयोग सहित प्रविधिमा लगानी गरि ई. पुस्तकालय सञ्‍चालन गर्न लागेका छौँ ।

संस्थाका गुल्मी जिल्ला संयोजक जितेन्द्र उपाध्यायले गुणस्तरीय शिक्षाका लागी सम्पूर्ण लगानी भन्‍ने नारा सहित अगाडी बढेको बताउनुभयो । उहाले दुवइ कलेज लगायतका विभिन्‍न कलेजबाट सहयोग प्राप्‍त भएकोले कार्यक्रम सञ्‍चालन गर्न सहयोग पुगेको बताउनुभयो ।

युनाइटेड वर्ल्ड स्कुल नेपाल यु.डब्लु.एस. युके का दाता समितिको अध्यक्ष क्रिस उट्रमले गाउँपालिकाले गरेको स्वागत र यहाँको कार्य कुशलता देखेर निकै खुसी भएको बताउनुभयो । संस्थाको प्रतिनिधित्‍व गर्दै दुवइ कलेजका २ जना शिक्षक सहित ८ जना विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो । गाउँपालिकाले उक्त टोलिलाई गुल्मीको अर्गानिक कफि उपहार दिइएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिव बहादर खत्री, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नं. ४ का वडा अध्यक्ष मान बहादुर कुवँर, जिल्ला सचिवालय सदस्य गणेश श्रीपाली लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्‍न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग