कृषि विकास बैंक कर्मचारी संगठन नेपालद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


मिति २०७६ साल फागुन ५ गतेका दिन कृषि बिकास बैंक कर्मचारी संगठन जिल्ला समिति रुपन्देहीले २०७६ सालको तिहारमा भैरहवा तथा बुटवल क्षेत्रमा खेलेको देउसी भैलो कार्यक्रम बाट संकलित सहयोग रकम बाट गुल्मी जिल्लाको पश्चिम–उत्तरको दुर्गमस्थानमा रहेको मदाने गाउंपालिका वार्ड नं. ७, सुज्र्याङ्ग स्थीत सुज्र्याङ्ग आधारभुत प्राथमिक बिद्यालय लाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरीयो साथै उक्त बिद्यालयका बालबिकास देखि ५ कक्षा सम्मका ५५ जना बिद्यार्थिलाई खेलकुद पोषाक प्रदान गरीयो । उक्त कार्यक्रममा जोडेर बिद्यालयले समेत आफ्ना अग्रजहरुलाई सम्मानको कार्यक्रम राखेको थियो । साथै मिति २०७६ साल फागुन ६ गतेका दिन मदाने गाउपालिका वार्ड न. २ को वडा कार्यालयको प्राङगणमा मालिका साना किसान सहकारी संस्थाका सदस्यहरुलाई १ दिने बित्तीय साक्षरता,बालि तथा पशु बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।कार्यक्रमको प्रमुख अतिथि कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक श्री चन्द्रसिंह थापाले गर्नुभयो भने बिशिष्ट अतिथिमा मदाने गा.पा. वार्ड नं. ७ का अध्यक्ष श्री काशि बहादुर बोहोरा, यसै संगठनका ५ नं. प्रदेश संयोजक श्री बिनोद के.सी.र कृषि बिकास बैंक लि. पुर्कोटदहका प्रबन्धक श्री ईश्वरी प्रसाद नेपाल रहनुभएको थियो । साथै अतिथिमा बिद्यालय निरीक्षक श्री हरिहर बेल्बासे, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री यम प्रसाद पन्थी, प्रधानाध्यापक श्री शिवहरी पन्थी, संगठनका प्रदेश सदस्य श्री मिन प्रसाद पौडेल, नर बहादुर थापा र यस संगठनका जिल्ला समिति गुल्मीका अध्यक्ष श्री ओब बहादुर डांगी रहनु भएको थियो ।

कार्यक्रम समुद्घाटन प्रमुख अतिथि श्री चन्द्रसिंह थापाज्यूले गर्नु भएको थियो ।कार्यक्रममा मन्तव्य दिने क्रममा ने.क.पा. युवा नेता प्रेम घिमिरेले युवाहरुलाई समेटेर बैंकले अझै उत्पादनशिल कार्यक्रम संचालन गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने कुरामा जोड दिनुुभयो । साथै बिशिष्ट अतिथि श्री काशि बहादुुर बोहोराले कृषि बिकास बैंक कर्मचारी संगठनले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सरकारले गर्नुपर्ने कार्य संगठनले गरेकोमा आभार व्यक्त गर्नुभयो । सो कार्यक्रममा बिद्यालय निरीक्षक श्री हरिहर बेल्वासे, व्यवस्थापन समितिका अध्यक्ष श्री यम प्रसाद पन्थी, शिक्षक महासंघ मदानेका अध्यक्ष बोम बहादुर कुंवर लगायतले बिकट ठाउमा आएर विदाको समयमा घर परिवार संग रमाईलो नगरी देउसी भैलो खेलेर उठेको रकमबाट संस्थागत सामुदायिक उत्तरदायित्व कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नुभयो ।साथै संगठन द्धारा बिद्यार्थिहरुलाई प्रदान गरीएको पोषाक लगाउदा बिद्यार्थिहरु हर्षित मुर्दामा देखिन्थे भने उपस्थित सप्पुर्ण अभिभावकहरुले खुसी व्यक्त गर्नुभयो । कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य यस संगठनका प्रदेश संयोजक बिनोद के.सी. ज्यूले गर्नुभएको थियो साथै बिद्यालयका प्रधानाध्यापक श्री शिवहरि पन्थीले समेत स्वागत मन्तव्य राख्नु भएको थियो । मिति २०७६।११।०६ गते आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रममा कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका बरिष्ठ ब्यबसाय अधिकृत श्री अनिल भुसालले प्रोजेक्टरबाट वित्तीय साक्षरताको बारेमा कक्षा संचालन गर्नु भएको थियो ।ग्रामिण भेगका जनतालाई बैंक भनेको के हो र यसले के काम गर्छ ,

जनताले बैंकबाट के कसरी र कस्ता सुविधाहरु प्राप्त गर्न सक्छन भन्ने बारेमा सबैले बुझ्ने गरी सिकाउनु भएको थियो । सहकारीका महिला दिदी बहिनीहरुको करिब १६५ उपस्थिति रहेको थियो भने जिज्ञासु पुरुषहरुले समेत सहभागीता जनाउनु भएको थियो । यसै गरी कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत श्री विनोद के.सी.ले बालि तथा पशु विमा अविमुखीकरण तालिम दिनु भएको थियो । पशु तथा बालि वीमाका प्रकृयाको बारेमा शुरु देखि अन्तिम चरण सम्म अपनाउनु पर्ने प्रकृयाको बारेमा बताउनु भयो । सहभागीले नबुझेका कुरालाई विच विचमा जिज्ञासा राखी प्रश्न राख्नु भएको थियो । बैंक तथा वीमाको बारेमा सर्बसाधरणले जानकारी पाउदा निकै खुशी देखिन्थे । मदाने गाउ पालिका बार्ड नंं ७ का अध्यक्ष श्री काशिबहादुर बोहराले हाम्रो वडामा समेत यस किसिमको कार्यक्रम संचालन गरिदिन आग्रह गर्नु भयो । यसै गरी बार्ड नं.२ का वडा अध्यक्ष श्री माधव प्रसाद भुसालले बैंकका कर्मचारीहरुको पहलमा बैंक तथा वीमाको बारेमा हामीलाई र सहकारीका सदस्यहरुलाई धैरै कुराको बारेमा जानकारी गराउनु भएकोमा आभार समेत प्रकट गर्नुभयो । दुबै कार्यक्रममा प्रमुख अतिथि चन्द्र सिंह थापा, प्रबन्धक श्री ईश्वरी प्रसाद नेपाल ज्यूले बैंकले उपलब्ध गराएका सेवा सुविधाहरुको बारेमा चर्चा गर्नुका साथै मदाने गा.पा. का सम्पुर्ण बासिन्दाहरुलाई कृषि बिकास बैंकमा खाता खोलि नाता जोड्न समेत आग्रह गर्नुभयो । दुबै कार्यक्रमको अध्यक्षता संगठनका रुपन्देही जिल्ला संयोजक श्री बालकृष्ण अर्यालले गर्नु भएको थियो भने कार्यक्रम संचालन संगठनका प्रदेश सदस्य जनकप्रसाद ज्ञवालीले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने