अर्घाखाँची ठूलापोखरा समाजको रक्तदान, जुट्यो ५० युनिट रगत

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल – अर्घाखाची ठूलापोखारा सम्पर्क समाज ,वुटवल,रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।फागुन ७ गते प्रजातन्त्र दिवशको अवसर पारेर रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रम मा ५० युनिट रगत संकलन भएको हो ।संस्थाका अध्यक्ष गणेश प्रसाद भट्टराईको अध्यक्षता र सचिब टिकाराम बन्जाडेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक कृष्णप्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने निवर्तमान अध्यक्ष भोजराज पाण्डे र रक्तसञ्चार केन्द्रकी वरिष्ठ प्राविधिक राधा ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सो कार्यक्रका लागि आवस्यक सम्पूर्ण खर्च ब्यबस्थापन संस्थाका सचिब टिकाराम बन्जाडेको सहयोगमा भएको थियो।

आर्घाखाची जिल्लाको छत्रदेब गाउपालिका वोडा नं ६ (साबिक ठूलापोखारा-६ ) जन्मथलो भई हाल विभिन्न पेसा ब्याबसाय को सिलसिलामा रुपन्देही र यस आसपासमा बसोबास गर्ने व्यक्तिहरु को बिचमा भाइचारा कायम गर्ने हेतुले २०६६ सालमा स्थापित सम्पर्क समाजले प्रत्येक बर्ष फागुन ७ गते रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गर्दै आइरहेको समाजका सहकोसध्यक्ष सुरेशचन्द्र भट्टराइ ले जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवल वाट सम्मानितत्यस्तै प्रत्येक वर्ष नियमित रक्तदान गर्ने गरेको र एकै दिन ५० युनिट रगत संकलन गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी ,रक्त सञ्चार सेवा केन्द्र बुटवलले समाज लाई सम्मान समेत गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलका संयोजक दलबहादुर थापाले समाजको योगदान को कदर गर्दै प्रसंसा-पत्र ले सम्मान गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया