शिवरात्री उत्सवको तयारी

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल – सिद्धबाबा मन्दिर विकास समिति तिनाउ गाउपालिका वडा नं ३ पाल्पामा शिवरात्रीको पावन अवसरमा विशेष कार्यक्रम तयारी गरेको छ । मन्दिर परिसरमा बुधबार पत्रकार सम्मेलन गरि शिवरात्रीको पर्वमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई सहज बनाउने गरि विभिन्न समितिमार्फत काम भैरहेको मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरुले बताएका छन । शिवरात्री उत्सव कार्यक्रमका संयोजक तोया लम्सालले मन्दिरको नियमित वार्षिक कामसंगै ठुलापर्वहरुमा समेत विविध कार्यकम गरिदै आएको बताए । हेभि ईक्विमेन्ट डिभिजन बुटवलको प्राविधिक सहयोगमा शिवरात्री लक्ष्यित गरि तल्लो सिद्धबाबा देखि दोभानसम्मको करीब साढे ३ किलोमिटर बाटो मर्मतको काम भएको उनले भने । ट्रिपर ब्यवसायीले ५० ट्रिप मिस्कट निशुल्क सहयोग गरेको उनले बताए ।

मर्मत सम्हारमा करीब सय ट्रिप लाग्ने ट्रिपर ब्यवसायी समुहका संयोजक अरबिन्द्र पाण्डेले बताए । सामाजिक कार्यमा योगदान दिन करीब २ लाख बराबरको बाटो मर्मतका लागि कच्च पदार्थ सहयोग गरेको समुहका कोषाध्यक्ष दुर्गा बहादुर थापाले बताए । बुटवलका ब्यवसायी पंकज गोदारसहित युवाहरुले ५ लाख बराबरको रंगरोगन, विद्युत, पानी ब्यवस्थापनको लागि मन्दिरलाई सहयोग गरेको छ । यो वर्ष ५० हजार भक्तजनहरु दर्शनका लागि आउने अनुमान गरि ब्यवस्था गरिएको उनले बताए ।समितिका अध्यक्ष दल बहादुर गुरुङले भक्तजनहरुको सहयोगमा मन्दिर जीणोद्धार, पार्किङ स्थल निर्माण, बोटानिकल गार्डेन, फुट ट्रेल निर्माणका कामलाई निरन्तरता दिएको उनले बताए । यसैगरि मन्दिर परिसरमा सिसि क्यामरा, भतृहरि वाचनालय, भजनकिर्तन गर्ने थलो, आधुनिक बाजा, माईक, परेवाको आधुनिक केज, जुत्ताचप्पल राख्ने दराज ब्यवस्थापन गरिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया