भोलीबाट वडाकपमा सेमीफाईनल खेल हुने

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


स्वस्तिक श्रेष्ठ / बुटवल – तिलोत्तमा नगरमा जारी तिलोत्तमा अन्तर वडा कप फुटवल प्रतियोगिता २०७६ मा विहिबारदेखि सेमीफाईनलका खेलहरु हुने भएका छन । बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नं ६ ले वडा नं १३ लाई ६–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसंगै अन्तिम चारको टुङो लागेको हो । चपरहट्टी खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाईनल

खेलमा वडा नं ६ को जितमा संगम थापाले खेलको २९ मिनेट, रोहित सुनारले खेलको ३४, राज बुढाथोकीले खेलको ३९ मिनेट र ५३ तथा सिजन थापाले खेलको ५३ र ६३ मिनेटमा गोल गरेका थिए । वडा नं १३ का हिमाल थापाले खेलको ९ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा वडा नं ६ का राज बुढाथोकी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । विहिबार वडा नं ६ र वडा नं १४ तथा वडा नं ९ र वडा नं १ का बिचमा सेमिफाइनल खेल हुने संयोजक सुर्य चापागाईंले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया