विश्व शान्तिको १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा – सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव रूपन्देही क्षेत्र न १ ख का प्रदेश सभा सदस्य दधिराम न्यौंपानेले पछिल्लो पटक रूपन्देहीका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार हुदै गएकोमा खुसी ब्यक्त गरे । साथै उनले सामुदायिक विद्यालयहरूको भौंतिक अवस्था सुधार गर्न आफु हर तरहले लागिपरेको र सोका लागी विद्यालयहरूले पनि शैक्षिक गुणस्तर सुधार गर्न नयाँ नयाँ कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिए । साँसद न्यौपानेले तिलोत्तमा ९ मा अवस्थित विश्व शान्ति सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर श्रीवृद्घीमा थप टेवा पुर्याउन विद्यालयलाई आवश्यक ४ कोठे भवन निर्माणका लागी बजेट निकासा गरिने आश्वासन समेत दिएका छन ।सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एंव तिलोत्तमा ९ का वडा अध्यक्ष नारायण न्यौपानेले, विश्व शान्ति स्कूललाई आफुले विगतदेखि नै व्यत्तिगत एवं सरकारी तवरवाट समेत सक्दो सहयोग गरेको जनाकारी गराउदै अवका दिनमा पनि थप भवन निर्माण लगायतका भौतिक एवं शैक्षिक गुणस्तर सुधारका लागी सहयोग निरन्तर जारी रहने उल्लेख गरे । साथै उनले वडा न ९ भित्रका अन्य सामुदायिक विद्यालयहरूको समेत स्तर वृद्घिका लागी विभिन्न योजनासहितका काम कार्वाही अगाडी बढाएको जानकारी दिए ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेले ४९

लाख ६१ हजार बराबरको रुपैयाँ बराबरको बार्षिक, शैक्षिक तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।विद्यालय की शिक्षिका बिमकला पाण्डेको स्वागत मन्तब्यसँगै शुरू भएको कार्यक्रममा विद्यालयका सल्लाहकार हरि प्रसाद पाण्डे, जनजागृती मावि योगीकुटीका प्रअ टंक प्रसाद पौडेल, शिक्षक महासंघ रूपन्देहीका अध्यक्ष डिल्लीराज भण्डारी, साहित्यकार खगेन्द्र बस्याल, एनएमबि बैंक प्रदेश न ५ का प्रमुख सुरेन्द्र महर्जन लगायतले शुभकामना मन्तब्य दिएका थिए। सो अवसरमा एनएमबि बैक ४ नम्बर शाखा प्रमुख कुल प्रसाद न्यौपानेले बैंकको तर्फबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार स्वरूप भन्दै २ थान कम्प्यूटर र १ थान प्रिन्टर समेत हस्तान्तरण गरे भने समाजसेवी दीपक पाण्डेले मेघ बहादुर पाल्पालीको स्मृतिमा रू ५० हजार बराबरको अक्षयकोष स्थापनाको घोषणा गरेका छन । वार्षिक उत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, अभिभावक, पुर्व शिक्षक शिक्षिकालाई सम्मानका साथै मायाको चिनो र विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्घितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको सन्चालन तारा प्रसाद अर्यालले गरेका थिए । २०६१ सालमा स्थापित विद्यालयमा १७१ विद्यार्थी अध्ययनरत रहेका

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…