संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही  : प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण रहेको बताउनुभएको छ ।
५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास ब्यक्त गर्नुभयो ।प्रदेश प्रमुख यादवले भन्नुभयो– ‘राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सन्चारले भूमिका खेल्नु पर्दछ । सूचना र सन्चार प्रवाहमा समयानुकुल परिवर्तनको जरुरी छ । ’
प्रदेश प्रमुख यादवले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता

र तथ्यता आजको आवश्यक्ता भएको बताउनुभयो । उहांले संघीयता कायन्वयनमा राससको भूमिका महत्वपुर्ण भएको उल्लेख गर्दै हरेक स्थानिय तहमा राससका प्रतिनिधी जरुरी रहेको बताउनुभयो । उहांले राससले प्रदेश स्तरमा बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सैनामैना नगरका उपप्रमुख बिना राना मगरले स्थानिय सरकार र मिडीयाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले मिडीया जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानबिय जीवन शैली र मानवअधिकारको विषयमा मिडीयाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी.ले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पोटिंग गरिरहेको बताउनुभयो । समारोहमा रासस प्रदेश ५ बाट स्थानिय सम्वाददाताको रुपमा उत्कृष्ट चयन हुनुभएका रासस पश्चिम नवलपरासीका सम्वाददाता मोहन पौडेललाई प्रदेश प्रमुख यादवले नगद तथा सम्मानपत्रले सम्मान गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…