लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक अभिमुखीकरण सम्पन्न

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


रीमा बि.सी. / भैरहवा – लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला घरदेखि नै सुरुवात गर्नुपर्ने एक अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले बताएका छन् ।मधेश मानवअधिकार गृह माहुरी होमले सहज परियोजना अन्तर्गत भैरहवामा गरेको दुई दिने लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक २ दिने अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएका हुन् ।लैंिङ्गक हिंसा नियन्त्रण सञ्जाल र अनौपचारिक न्यायिक निकायहरुलाई लैंिङ्गक हिंसा सम्बन्धि नितिगत व्यवस्था र कानूनी व्यवस्थाको बारेमा सचेतिकरण गर्ने उद्देश्यले लैंङ्गिक हिंसा सम्बन्धि नितिगत व्यवस्था र नयाँ कानुनी व्यवस्थाको बारेमा सहजीकरण गरी लैंिङ्गक हिंसासँग सम्बन्धित घटनाहरुमा पिडितलाई न्याय खोज्न उत्प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।तालिमको सहजीकरण अधिवक्ता शिव प्रसाद गौडेल र पत्रकार तथा मानवअधिकारकर्मी रीमा वि.सी.ले गर्नुभएको थियो ।तालिममा लिंङ्ग र लैंङ्गिकता,सामाजिक समावेशिकरण,लैङ्गिक भुमिका,लैङ्गिक हिंसा,लैङ्गिक हिंसा सम्बन्धि नितिगत र कानुनी व्यवस्था,सामाजिक मान्यता जस्ता विषयहरुमा सहभागि केन्द्रित विधिबाट सहजिकरण गरिएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै मायादेवी गाउँपालिकाका मेलमिलापकर्ता साधुसरण साहनीले यो तालिम अत्यान्त्यै महत्वपूर्ण रहेको र यसले समाजका रहेका विकृत्ति र विसंगतिका विरुद्धमा लडनका लागि सहयोग मिल्ने रसमाजमा लैङ्गिक हिंसाको

अवस्था डरलाग्दो भएकोले यसको नियन्त्रणका लागि सहयोग पुग्ने बताउनुभयो ।उहाँले सरकारले हाम्रो लागि केही गरेन भन्ने मात्र होइन आफुले पनि कर्तव्य पालना गर्ने कुरा महत्वपूर्ण भएकोले अधिकार र कर्तव्यलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । अर्का सहभागी लैङ्गिक हिंसा नियन्त्रण समुहकी सदस्य गोमा कार्कीले यस्ता खालका तालिमले समाजमा रहेका विभेदलाई हटाउनका लागि सहयोग पुग्ने बताउनुभयो । अर्का सहभागी सन्ध्या यादवले यसरी मर्चवार क्षेत्रका मधेशी महिलाहरुलाई समेटेर तालिम दिएकोमा माहुरी होम र सहज परियोजनालाई धन्वाद दिनुभयो । उहाँले महिलाहरुमा पनि सबैभन्दा धेरै मधेशी महिलाहरु पीडित रहेकोमा यसरी तालिम लिन पाएकोमा आफुलाई भाग्यमानी ठानेको भन्दै आगामी दिनमा पनि माहुरीहोम र सहज परियोकजनाले यो अवसर जुटाइदिन रहनका लागि आग्रह गर्नुभयो ।अव हामी हाम्रो अधिकारको लागि आफुबाट सुरुवात गर्छोै हिंसा सहदैनौ अहिलेसम्मको मौनतालाई तोड्छौ ।कार्यक्रममा लैंिङ्गक हिंसा नियन्त्रण सञ्जाल, लैंिङ्गक हिंसा निगरानी समुह, महिला बिकासद्धारा प्रवर्दित सहकारीहरु, अन्तर पार्टी महिला सञ्जाल, मध्यस्तकर्ता, आमा समुह, महिला तथा बालबालिका ईकाई, एकद्धार संकट व्यवस्थापन केन्द्र, लैंिङ्गक हिंसामा काम गर्ने संघ संस्था र किशोरी समुह मध्येबाट जम्मा ३२ जनाको सहभागिता रहेको अभिमुखीकरणमा सहज परियोजनाका फिरोज अहमम्द सिद्धिकी र पूर्णिमा रानाले परियोजनाको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया