रुपन्देही उद्योग संघमा औषधी र कापी तथा स्टेशनरी वस्तुगत समिति गठन

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
36 Shares


बुटवल – रुपन्देही उद्योग संघमा आवद्ध औषधी र कापी तथा स्टेशनरी उद्योगीहरुको भेलाले बुधबार औषधी र कापी तथा स्टेशनरी वस्तुगत समिति गठन गरेको छ । संघका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न औषधी उद्योगीहरुको भेलाले नेपाल रेमिडिज प्रा.लि.का देवनाथ लम्सालकोे संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको सहसंयोजकमा समिरा कटन उद्योगका इरसाल वली सलमानी, सचिवमा सिफेस होम एण्ड हेल्थ केयर प्रा.लि.का गंगा प्रसाद पन्थी सदस्यहरुमा ज्ञवाली आयुवेर्दिक औषधी उद्योगकी कल्पना ज्ञवाली केयर हर्बल प्रोडक्ट प्रा.लि.का नारायण सापकोटा, बायोगन रेमेडिज प्रा.लि.का कमला घिमिरे र निम आयुर्वेद फर्मास्यूटिकल्सका धर्म भण्डारी चयन हुनु भएको छ । भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य युवराज आचार्य, सन्दिप सापकोटा, ऋषिराम भण्डारी यमलाल भट्टराई, पूर्व कार्यसमिति सदस्य चन्द्रकान्त खनाल र उद्योगी रामचन्द्र पन्थी रहनु भएको छ । त्यसैगरी भेलाले नेपाल कापी उद्योगका कमल नेपालको संयोजकत्वमा ७ सदस्यीय कापी तथा स्टेशनरी वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा नमस्ते कापी उद्योगका नारायण कार्की सचिवमा बुद्ध कापी उद्योग प्रा.लि.का सपना कार्की सदस्यहरुमा, एकता कापी प्रोडक्टका नारायण न्यौपाने, अनिल कापी उद्योगका अनिल पंगेनी,गुराँस मसलन्द उद्योगका घनश्याम वाग्ले र ग्यालेक्सी पेपर उद्योगका रुपक अर्याल चयन हुनु भएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, सह कोषाध्यक्ष गिरीराज गैरे, कार्यसमिति सदस्य ऋषिराम भण्डारी, पूर्व कार्यसमिति सदस्य रेनुका खरेल, उद्योगी मेख बहादुर अधिकारी, रामकुमार श्रेष्ठ र कमल भण्डारी र लक्ष्मण न्यौपाने रहनु भएको छ । भेलाका अध्यक्ष एवं संघका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समितिलाई बधाई दिंदै वस्तुगत समिति मार्फत आएका समस्याहरु समस्या समाधानका लागि संघले सम्बन्धित निकायहरु यथाशिघ्र समाधान लागि पहल गर्ने बताउँदै वस्तुगत समिति र कार्यसमितिबीचको सम्बन्धलाई अझ नजिक बनाउँदै संघले आयोजना गर्ने हरेक क्रियाकलापमा सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गर्नु भएको थियो ।भेलामा नव गठित औषधी वस्तुगत समितिका संयोजक देवनाथ लम्साल र कापी तथा स्टेशनरी वस्तुगत समितिका संयोजक कमल नेपालले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो । भेलाको संचालन संघका महासचिव जिवकान्त काफ्लेले गर्नु भएको थियो । भेलामा कार्यसमिति सदस्य यमलाल भट्टराईले स्वागत र ऋषिराम भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । भेलामा वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, कोषाध्यक्ष हरिबहादुर खत्री, सचिव हिरामणी भट्टराई महिला सचिव माया खनाल, कार्यसमिति सदस्य युवराज आचार्य एवं औषधी र कापी तथा स्टेशनरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्
  • कोरोनाका कारण विश्वभर १० लाख संक्रमित, ५३ हजार वढीको मृत्यु
  • शिरानटेकले समाचार डिलेट गरेको स्विकार गर्दै माफि माग्यो
  • कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर
  • सुनौली नाकाबाट उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।
  • सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम