ट्रंक कल विद्युत विलिङ्ग उद्योगी समस्यामा डेलिगेसन मुख्य मन्त्री कार्यालयमा

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल  – बुटवल—भैरहवा क्षेत्रमा संचालन भइरहेका उद्योगहरु नेपाल विद्युत प्राधिकरणले ट्रंक कल विलिङ्ग गरेको भन्दै त्रसित बनेका छन् । विशेष गरी भलवारी पडसरी क्षेत्रमा विगत लामो समयदेखि संचालन हुँदै आइरहेका उद्योगीहरुलाई हाल आएर एक्कासी ट्रंक कल बमोजिम दररेट कायम गरी विलिङ्ग गरेकोमा साधरण विद्युत भन्दा ६७ प्रतिशत महङ्गो हुन गएको र २०७५ साल देखिको छुट विलिङ्ग भनी लाखौं रकम बक्यौता देखाएको भन्दै सो क्षेत्रका २१ वटा उद्योगहरुको गुनासो आएको भन्दै रुपन्देही उद्योग संघको एक टोली बुधबार मुख्य मन्त्री कार्यालयमा डेलिगेसन गएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा संघका पदाधिकारी एवं उद्योगीहरु सहभागी टोलीले मुख्य मन्त्री शंकर पोखरेलज्यूसँग भेट गरी उद्योगीहरुको समस्या समाधानका लागि गम्भिर बनिदिन आग्रह गरेको हो ।

ट्रंक कल विलिङ्ग समस्याले विद्युत शुल्क महङ्गो हुन गई उत्पादन महङ्गो भईदिंदा बजारमा प्रतिस्पर्धा गर्न नसकी उद्योग बन्द गर्नुपर्ने अवस्थाको श्रृजना हुँदै गएको र उद्योगीहरुको कुनै अनुरोध विना एकलौटी ढंगबाट ट्रंक लाइन प्रयोग भनी विलिङ्ग लागू गरिएकोमा मुख्य मन्त्री शंकर पोखरेलले उद्योगीहरुको समस्या प्रति प्रदेश सरकार गम्भिर रहेको र सो सम्बन्धमा उच्च स्तरका सरकारी निकायहरुसँग छलफल भइरहेको बताउँदै समस्या समाधानका लागि आप्mनो तर्पmबाट पहल गर्ने आश्वासन दिनु भएको थियो । डेलिगेसन टोलीमा संघका संघका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक एजाज आलम, वरिष्ठ उपाध्यक्ष माधब पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, सचिव हिरामणी भट्टराई, महिला सचिव माया खनाल, कार्यसमिति सदस्य बसन्त ढकाल र सम्बन्धित उद्योगीहरु र संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

यादव प्रसाद भण्डारी
प्रमुख कार्यकारी अधिकृत

फेसबुकबाट तपाईको प्रतिक्रिया