सभामुख घर्ती भन्नुहुन्छ – ब्यवसायिक शिक्षाले झन समस्या ल्यायो

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
78 Shares


झविन्द्र देवकोटा / देवदह – प्रदेश पाँचका सभामुख पुर्व बहादुर घर्तीले ब्यवसायिक शिक्षाले मुलुकमा झन समस्या बढाएको बताउनु भएको छ । उहाँले शिक्षा ब्यवसायिकरण हुँदा शिक्षामा गुणस्तर आएतापनि यसले सम्पन्न र निम्नवर्गियका विचमा खाडल सृजना गरेको बताउनुभयो । रुपन्देहीको देवदहमा रहेको न्यू लुम्विनी बोर्डिङ्ग स्कुलको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई बुधबार सम्वोधन गर्दै सभामुख घर्तीले संविधानले आम नागरिकलाई दिएको निःशुल्क शिक्षाको हक ब्यवसायिक शिक्षाले खोसेको जिकिर गर्नुभयो । उहाँले सम्पन्न परिवारले निजी तथा संस्थागत विद्यालयमा र न्यून आय भएकाहरुले सामुदायिक विद्यालयमा आफ्ना नानीबाबुहरुलाई पठाउदाँ यसले दुई वर्गबीचको भिन्नता कायम गरेको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि बढी पैसा लिने र सामुदायिक भनेर शिक्षामा हेलचेक्राई गर्न नहुने निजी तथा सामुदायिक विद्यालय संचालकहरुलाई सुझाव दिनुभयो । उहाँले संविधानले ब्यवस्था गरे अनुसार निःशुल्क र ब्यवसायि शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाले सामुदायिक विद्यालयहरुको गुणस्तर शिक्षा सुधार हुनु पर्ने र निजी विद्यालयको शुल्कमा सरलीकृत हुनु पर्नेमा जोड दिनु भयो । दीगो र तिव्र विकासको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो । सोही कार्यक्रममा प्रदेश ५, का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले शिक्षामा प्राप्त लगानी गर्न सकेमात्र देशको विकास हुनेमा जोड दिनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालय वीच रहेको विभेद अन्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरिव तथा विपन्न बर्गका वालवालिकालाई निजी विद्यालयले निःशुल्क पढाउनु पर्ने बताउनुभयो ।

उहाले समृद्धिको आधार उत्पादन भएकोले उत्पादनलाई प्राथमिकता राखेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले विभिन्न योजनाहरु अगाडि सारेको दावी गर्नु भयो । न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन प्रदेश ५ का उपाध्यक्ष विष्णुप्रसाद पौडेल, देवदह–७ का वडाअध्यक्ष पदम थापा, एन प्याव्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम वस्याल, एन प्याब्सनका पुर्वकेन्द्रिय सदस्य राजु गुरुङ्ग, देवदह बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, एन प्याव्सन रुपन्देहीका सल्लाहकार तिलक केसी, प्याव्सन रुपन्देहीका उपाध्यक्ष एकनारायण काप्mले, प्याब्सनका देवदह नगर रामबहादुर गुरुङ्ग, भिमदेव ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयका शिक्षक विष्णु सारुको स्वागत, शिक्षक निर्मला पौडेल र लक्ष्मी रेश्मी रानाको संचालनमा भएको कार्यक्रममा न्यू लुम्विनी पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द घर्तीलाई सम्मान गरिएको थियो । विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार घर्तीलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो । शैक्षिक तथा विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ठ हुने विद्यार्थी शिक्षक, अभिभावकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतक प्रस्तुतीहरु देखाएका थिए । रजत महोत्सवको अवसरमा विद्यालयले २५ दिन विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न